२९ जेष्ठ २०७८, शनिबार   |  June 12, 2021
advertisement of bishwo khabr
Tika Gurung

एक रात हिरासत र दुई हजार जरिवानामा छुटे गणेश लामा

एक रात हिरासत र दुई हजार जरिवानामा छुटे गणेश लामा


काठमाडौं । पोखरामा बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएका गणेश लामा २ हजार रुपैयाँ जरिवाना तिरेर छुटेका छन्।

प्रदेश-४ मा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राखेको विश्वासको प्रस्तावमा मन्त्री दिपक मनाङ्गे अनुपस्थित रहेपछि पोखराबाट प्रहरीले लामालाई पक्राउ गरेको हो। मनाङ्गेलाई त्यसका लागि मनाउन लामा काठमाडौंबाट पोखरा पुगेको बताइन्छ। राजनीतिक नेतृत्वको दबाबमा प्रहरीले लामालाई पक्राउ गरेको थियो।

यद्यपी प्रहरीले निषेधाज्ञा उल्लंघन गरेका कारण सोधपुछका लागि नियन्त्रणमा लिइएको बताएको थियो। बिहिबार प्रहरी हिरासतमै बिताएका लामालाई शुक्रबार जिल्ला प्रशासन कार्यालयको जिम्मा लगाइएको थियो।

कास्की जिल्ला प्रशासनका सुचना अधिकारी कृष्णचन्द्र पौडेलले निषेधाज्ञा उल्लंघन गरेका लामालाई जरिवाना गरिएको बताए। तर लामाले के कस्तो उल्लंघन गरेका थिए भन्नेबारे पौडेलले केही बताउन सकेनन्। ‘बुझ्नुस् न, निषेधाज्ञा उल्लंघन भयो’, उनले भने। अध्यादेशले जिल्ला प्रशासन प्रमुखलाई जरिवानादेखि कैद सजायसम्म गर्ने अधिकार दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n