images
images
  • पूर्वी इन्डोनेसियामा हेलिकप्टर सम्पर्कविहीन

    इन्डोनेसियाको पूर्वी प्रान्त उत्तरी मालुकुमा मङ्गलबार तीन यात्रु बोकेको एउटा हेलिकप्टर सम्पर्कविहीन भएको प्रान्तीय खोज तथा उद्धार कर्यालयका प्रमुख फतुर रहमानले बुधबार बताएका छन् ।

    खोजी तथा उद्धार कार्य जारी छ ।

    स्थानीय समयानुसार दिउँसो १ः१६ बजे हेलिकप्टर एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविच्छेद भएको थियो । स्थानीय समयानुसार हेलिकप्टर हलमहेरा तेङ्गाह जिल्लामा जङ्गलमाथि उडिरहेको थियो ।

    रहमानका अनुसार पिटी वेडा बे निकेल फर्मद्वारा सञ्चालित हेलिकप्टरमा तीन यात्रु सवार थिए । तिनमा दुई पाइलट र एक यात्रु थिए ।

    कार्यालयका तीन सय कर्मचारी, सैनिक र प्रहरीको संयुक्त उद्धार टोली हेलिकप्टरको एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविहीन भएको क्षेत्रमा गइरहेको रहमानले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images