images
images
  • गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २७ हजार ३ सय ६५ पुग्यो

    काठमाडौं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २७ हजार ३ सय ६५ पुगेको छ । साथै ६६ हजार ६सय ३० जना घाइते भएका छन् ।

    गत २४ घण्टामा इजरायली सेनाले गाजामा १सय २७ प्यालेस्टाइनी मारेको र १सय ७८ जना घाइते भएको मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले बताए ।

    अक्टोबर ७, २०२३ देखि इजरायलले दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको बदला लिन गाजामा हमासविरुद्ध ठूलो मात्रामा सैन्य आक्रमण गरिरहेको छ । जसमा इजरायली अधिकारीहरूका अनुसार लगभग एक हजार २ सय इजरायलीको ज्यान गएको छ ।  एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images