images
images
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल

    इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको विशेष अदालतले सोमबार पूर्वप्रधानमन्त्री खान र पूर्व विदेशमन्त्री शाह महमुद कुरेशीलाई १० वर्षको जेल सजाय सुनाएको हो ।

    इमरान खान प्रधानमन्त्री रहँदा कुरेशी विदेशमन्त्री थिए । दुवै नेतालाई गोप्य दस्तावेज खुलासा गरेको आरोपमा सजाय भएको हो । इमरान खानलाई यसअघि अर्को एक मुद्दामा समेत दोषी ठहर गर्दै तीन वर्ष जेल सजायको फैसला सुनाइएको थियो । यद्यपि उच्च अदालतले उनीमाथिको सजाय निलम्बन गरेलगत्तै गोप्य दस्तावेज चुहावट सम्बन्धी मुद्दामा उनलाई हिरासतमा लिइएको थियो ।

    विशेष अदालतको फैसलाविरुद्ध इमरान खानले पुनरावेदन दिन सक्नेछन् । एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images