दाङ । दाङको तुलसीपुर क्षेत्रको टिकरीमा गोली चलेको छ। गोली चलाएको आरोपमा दुई जनालाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तुलसीपुर-८ टिकरी बस्ने २४ वर्षीय पूर्ण वली र २१ वर्षीय आकाश चौधरी रहेको प्रहरीले बताएको छ।
उनीहरुलाई शुक्रबार दिउँसो टिकरी नजिकै अश्वारा गनारी कुलोबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए।
जग्गा विवादमा गोली चलेको बताइएको छ। तर कसलाई गोली प्रहार गरिएको हो भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















