images
images
  • श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ता ५२ प्रतिशत

    कोलम्बो । श्रीलङ्काको डिजिटल क्रान्ति  तीव्र गतिमा अगाडि बढेको छ । मोबाइल फोनको पहुँच १५० प्रतिशतभन्दा बढी छ भने इन्टरनेटको प्रयोग ५२ प्रतिशतमा पुगेको छ।

    कोलम्बोमा आयोजित सम्मेलनमा बोल्दै  प्रविधि राज्य मन्त्री कनका हेरथले  डिजिटल मार्केटिङलाई सशक्त बनाउन आग्रह गरेका छन् ।

    उनले सरकारको डिजिकोन – २०२३० योजनालाई  मूर्तरूप दिँदै देशको डिजिटल अर्थतन्त्रलाई ४.३ बिलियन डलरबाट सन् २०३० सम्ममा १५ बिलियन अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images