images
images
  • यू-१९ विश्वकपमा ‘प्लेयर्स टु वाच’को सूचीमा नेपालका चार खेलाडी

    काठमाडौं- आईसीसी यू-१९ विश्वकपमा हेर्नुपर्ने खेलाडी ‘प्लेयर्स टु वाच’को सूचीमा नेपालका चार जना खेलाडीको नाम उल्लेख गरेको छ ।

    आईसीसीले आज नेपाली यू-१९ टिमका कप्तान देव खनाल र सिनियर टोलीका समेत सदस्य गुल्सन झासँगै अर्जुन कुमाल र दुर्गेश गुप्तालाई प्लेयर्स टु वाचमा राखेको छ।

    आईसीसीले प्रतियोगितामा सहभागी १६ वटै देशका प्लेयर्स टु वाचका खेलाडीबारे उल्लेख गरेको हो।

    आईसीसीको यो सूचीमा नेपालका तीव्र गतिका बलर दीपेश कँडेल भने छुटेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images