images
images
  • १७७ जना यात्रुसहित उडिरहेको विमानको झ्याल खसेपछी ……

    एजेन्सी । अमेरिकाको ओरेगन राज्यमा उडिरहेको एक विमानको झ्याल खसेपछि आकस्मिक अवतरण गरेको छ ।

    पोर्टल्याण्डबाट ओरेगन हुँदै ओन्टारियोका लागि उडेको अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ विमानको उड्दा उड्दै झ्याल खसेको हो । उडेको ३५ मिनेटमै विमानलाई पोर्टल्याण्डमा आकस्मिक अवतरण गराइएको र यात्रु तथा चालक दलका १ सय ७७ जना सकुशल रहेका बीबीसीले जनाएको छ ।

    झ्याल नै खसेपछि विमानभित्र खैलाबैला मच्चिएको थियो, भने हावाको चापका कारण विमानलाई नियन्त्रणमा राख्न चालक दलका सदस्यलाई हम्मे हम्मे परेको थियो ।

    यो घटनापछि अलास्का एअरलाइन्सले बोइङ ७३७ म्याक्स ९ सिरिजका सबै ६५ वटा विमानलाई निरीक्षण गर्न अस्थायी रूपमा ग्राउन्डेड गरिएको जनाएको छ ।

    सबै जहाजको परीक्षणपछि मात्रै उडान हुनेछ । विमान निर्माता कम्पनी बोइङले घटनाको बारेमा जानकारी भएको र थप जानकारी सङ्कलन गर्न काम गरिरहेको बताएको छ ।

    अलास्का एयरलाइन्सका सीईओ बेन मिनिकुचीले १६ हजार फिट उचाइमा रहेको जहाजबाट झ्याल खसे पनि सुरक्षित अवतरण गराएको भन्दै चालक दलका ६ जना सदस्यको प्रशंसा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images