images
images
  • बालुवाटरमा प्रदर्शन गर्ने नागरिक अगुवाहरु पक्रउ


    काठमाडौँ । बृहत नागरिक आन्दोलनका अगुवाहरुलाई प्रहरीले पक्राउ गरेको छ।

    बालुवाटार अगाडि प्रदर्शनका क्रममा प्रहरीले नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेती लगायत ८ जनालाई पक्राउ गरेको हो।

    नागरिक आन्दोलनले सत्ता निकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शनको तयारी गरिरहेकै बेला उनीहरुलाई प्रहरीले पक्रेको हो।

    सरकारी अस्पतालहरुको गुणस्तर सुधार गर्नुको साटो सरकारले निजी मेडिकल कलेजलाई सम्बन्ध दिएको विरोधमा वृहत् नागरिक आन्दोलनले शुक्रबार बालुवाटारमा विरोध प्रदर्शन गरेको छ ।

    चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप बन्द गर्न माग गर्दै उनीहरुले बालुवाटारमा प्रदर्शन गरेका हुन् । नागरिक अगुवाहरुले कानुन मिचेर झापाको वि एण्ड सी मेडिकल कलेजलाई सरकारले सम्बन्ध दिने तयारी गरेको भन्दै विरोध गरेका छन् ।

    विरोध प्रदर्शनका क्रममा उनीहरुलाई पक्रेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images