images
images
  • रुस–युक्रेन युद्ध : रुसी सेनामा कार्यरत कैलालीका भरत शाहको मृत्यु

    कैलाली । रुस–युक्रेन युद्धमा कैलालीको टीकापुर नगरपालिका-१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको छ ।

    तीन महिनाअघि रुसी सेनामा भर्ना भएका भरतको मृत्यु भएको खबर उनका परिवारले शुक्रबार मात्र पाएका हुन् ।

    आइतबार कुसको शव बनाएर स्थानीय परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा भरतको अन्तिम संस्कार गरिएको छ ।उनका मृत्युबारे परराष्ट्र मन्त्रालय र रुसी सरकारले हालसम्म परिवारलाई ‌औपचारिक रुपमा जानकारी भने दिइसकेको छैन ।

    सात वर्ष नेपाल प्रहरीमा काम गरेका शाह तीन वर्षअघि प्रहरीबाट राजीनामा गरेर दुबई गएका थिए । उनी दुबईमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए र उतैबाट रुस गएका थिए ।

    शाहका श्रीमति, चार वर्षका छोरा र तीन महिनाकी छोरी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images