images
images
  • युद्धबिरामपछि इजरायलले गरेको आक्रमणमा १७८ जना मारिए

    एजेनसी । सात दिनको युद्धविरामपछि इजरायल र हमासबिच फेरि युद्ध सुरु भएको छ । गाजा क्षेत्रमा इजरायलले गरेको आक्रमणमा परी १७८ जना मारिएका छन् ।

    गाजामा सात दिने युद्धविराम हिजो बिहान सकिएलगत्तै इजरायलले आक्रमण तीव्र पारेको थियो । इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन् ।

    इजरायलले दक्षिणी गाजाका केही इलाकाका बासिन्दालाई इजिप्टको सिमाना नजिकै रहेको रफाहतर्फ जान र दक्षिणतर्फ जान आग्रह गर्दै पर्चाहरू छोडेको छ।

    गएको अक्टोबर ७ तारिखदेखि सुरु भएको लडाइँ एक हप्ता रोकिएको थियो। युद्धविराम अवधिमा दुई पक्षले सहमतिअनुसार बन्धक बनाएका केही नागरिकलाई रिहा गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images