२ असार २०७८, बुधबार   |  June 16, 2021
advertisement of bishwo khabr
Tika Gurung

लाङ्टाङमा कोरोना परीक्षण

s 15

पर्यटकीय क्षेत्र लाङ्टाङको स्वास्थ्यचौकीमा कोभिड १९ को प्रारम्भिक परीक्षण शुरु भएको छ । हिउँद यामको अधिकांश समय हुने हिमपातको चिसोपनले सामान्य रूघाखोकी लाग्नासाथ कोरोना सङ्क्रमणकै आशङ्का बढिरहेको वर्तमान अवस्थामा गोसाइँकुण्ड गाउँपालिकाले गाउँघरमै एन्टिजेन परीक्षण गराउने व्यवस्था मिलाएपछि लाङ्टाङका बासिन्दामा उत्साह बढेको छ ।

 एन्टिजेन परीक्षणका लागि आफूले धुञ्चेस्थित जिल्ला अस्पतालबाट तालीम लिएको  जनाउँदै लाङ्टाङ स्वास्थ्यचौकीका प्रमुख खम्बु बोहोराले कुनै पनि प्राथमिक उपचारमा आफू २४ सै घण्टा तयार रहेको बताउनुभयो । उच्च क्षेत्रमा बसोबास गर्ने  हिमाली बासिन्दा  एवं आगन्तुक  पर्यटकलाई पर्न सक्ने  स्वास्थ्य समस्या  स्थानीयस्तरमै समाधान गर्न लाङ्टाङ स्वास्थ्यचौकीबाट   एन्टिजेन प्रविधिद्वारा कोरोना परीक्षणका साथै अक्सिजन समेतको व्यवस्थापन भएको छ ।  लाङ्टाङ क्षेत्रमा पुग्ने पर्यटकलाई पदयात्रामा हुन सक्ने श्वासप्रश्वासको समस्या  स्थानीयस्तरमै समाधान गर्न यस कार्यले सहज भएको पर्यटन व्यवसायी तेम्बा लामाले बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n