images
images
  • हमासले रिहा गर्‍यो थप १२ बन्धक, विपिनको अवस्था के छ ?

    काठमाडाैं। युद्धविरामको ५ औं दिनमा हमासले थप १२ जना बन्धक रिहा गरेकाे छ। जसमध्ये १० इजरायली र दुई थाई बन्धकहरू रहेका छन्। इजरायलले पनि ३० प्यालेस्टिनी बन्दीहरुलाई रिहा गरेको छ। तीमध्ये १५ महिला र १५ बालबालिका छन्।

    यो रिहाइमा पनि हमासले बन्धक बनाएका नेपाली विपिन जोशी भने परेका छैनन्।

    हमासले युद्धविराम सुरु भएको पाँच दिनमा ८१ जना बन्धकहरूलाई रिहा गरेको छ। योसँगै इजरायलले आफ्नो जेलबाट १५० प्यालेस्टिनीलाई रिहा गरिसकेको छ।

    टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले अक्टोबर ७ मा हमासले गाजामा तीन सैनिकलाई बन्धक बनाएको जनाएको छ। यी तीन सैनिकको मृत्यु भएको छ।  प्राप्त जानकारी अनुसार यी सैनिकको मृत्यु अक्टोबर ७ मा भएको सेनाले जनाएको छ। उनीहरुको शव हमाससँग छ। युद्धमा अहिलेसम्म इजरायली ३९५ सैनिक मारिएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images