images
images
  • चीनले भूकम्प प्रभावितलाई १० करोड बराबरको राहत सामग्री सहयोग गर्ने

    काठमाडौं। जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरूका लागि छिमेकी राष्ट्र चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ। नेपालका लागि चिनियाँ राजदूत चेन सङले यसबारे जानकारी दिएका हुन् ।

    साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट सो सहयोग गर्न लागिएको राजदूत सङको भनाई छ।

    राहत सामग्रीमा टेन्ट, ब्ल्याङ्केटलगायत सामग्रीहरू रहेका छन् । ती सामग्री केही दिनमा नेपाल आइपुग्ने बताउँदै उनले थप राहत पनि घोषणा गरिने बताएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images