images
images
  • आवश्यक सहयोग गर्न अमेरिकी दूतावास तयार

    काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा ज्यान गुमाएकाहरूप्रति काठमाडौँस्थित अमेरिकी दूतावासले दुःख व्यक्त गरेको छ।

    दूतावासले भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई सहयोग गर्न अमेरिका तत्पर रहेको सामाजिक सञ्जालमा उल्लेख गरेको छ।

    यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भूकम्पग्रस्त नेपाललाई सहयोग गर्न तयार रहेको बताएका थिए।

    जाजरकोट केन्द्रबिन्दु भए गएराति ६.४ म्याग्नेच्युडको भूकम्पमा परी अहिलेसम्म १३३ जनाले ज्यान गुमाएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images