images
images
  • डिजेल र मट्टीतेलको मूल्य घट्यो

    काठमाडौँ– नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

    आज निगममा प्रवक्ता मनोजकुमार ठाकुरले दिएको जानकारी अनुसार बुधबार बिहान १ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको हो ।

    भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको ठाकुरले जानकारी दिए । उनलेले भने, ‘अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।’

    आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

    विज्ञप्ति हेर्नुहोस् 

    petrole-price_2023-ocr-31-1698761762.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images