images
images
  • जीप दुर्घटना: चालकको घटनास्थलमै मृत्यु

    काठमाडौं। अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    भुमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप भुमिकास्थान ९ तारिकेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    दुर्घटनामा भुमिकास्थान (९ का गाडी चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको घटनास्थलबाट स्थानीय माधव घिमिरेले जानकारी दिए । गाडीमा चालक मात्र रहेको र सडकबाट करिब ५० मिटर तल खसेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images