images
images
  • सुनको मूल्यमा फेरि बन्यो नयाँ रेकर्ड, प्रतितोला कति पुग्याे ?

    काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएकाे छ। लगातार बढिरहेको सुनको मूल्य आज पनि बढेको हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार रुपैयाँ पुगेको छ ।

    सुनको यो मूल्य हालसम्मकै उच्च हो। यसअघि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो।

    आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रुपैयाँ रहेको छ भने चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ रुपैयाँ रहेको महासंघले जनाएको छ।

    चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ४ सय रूपैयाँमा काराेबार भइरहेकाे छ। जुन दशैं अघिकै मूल्य हाे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images