images
images
  • सरकारलाई तीन महिनामा ४६ अर्ब घाटा

    काठमाडौं – चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारलाई ४५ अर्ब रुपियाँभन्दा बढी बजेट घाटा भएको छ।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक १ गतेसम्म २ खर्ब ८० अर्ब ५७ करोड २५ लाख रुपियाँ खर्च गरेको सरकारले सोही अवधिमा २ खर्ब ३४ अर्ब ६३ करोड २४ लाख रुपियाँ मात्रै आम्दानी गरेको छ । जसबाट सरकारलाई ४५ अर्ब ९४ करोड १ लाख रुपियाँ घाटा भएको हो।

    तीन महिनाको अवधिमा सरकारले कुल बजेट खर्च लक्ष्यको १६ दशमलव शून्य २ प्रतिशत मात्रै गरेको छ। त्यस्तै लक्ष्यको १५ दशमलव ९३ प्रतिशत आम्दानी गरेको छ। चालू आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपियाँ खर्च हुने भन्दै बजेट विनियोजन गरेको थियो।

    उक्त अवधिमा सरकारको चालू खर्च २ खर्ब १३ अर्ब ३९ करोड ४ लाख अर्थात् १८ दशमलव ६९ प्रतिशत, पुँजीगत खर्च १७ अर्ब ८३ करोड ३१ लाख अर्थात् ५ दशमलव ९ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ४९ अर्ब ३४ करोड ९० लाख अर्थात् १६ दशमलव शून्य ५ प्रतिशत खर्च भएको छ।

    चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा राजस्ववापत २ खर्ब १९ अर्ब ११ करोड ५१ लाख अर्थात् १५ दशमलव ४ प्रतिशत आम्दानी गरेको छ । त्यस्तै अनुदान ६ करोड १८ लाख र अन्य आम्दानी १५ अर्ब ४५ करोड ५५ लाख रुपियाँ आम्दानी गरेको छ ।

    सरकारले राजस्वबाट १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख, वैदेशिक ऋण तथा अनुदानबाट ४ खर्ब ९९ अर्ब ४ करोड ३० रुपियाँ प्राप्त गर्ने लक्ष्य लिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images