images
images
  • इजरायलले आफ्नै खर्चमा १० नेपाली विद्यार्थीको शव नेपाल पठाउने

    काठमाडौं- इजरायलले आफ्नै खर्चमा १० नेपाली विद्यार्थीको शव नेपाल पठाउने भएकाे छ। हमास समूहको आक्रमणबाट इजरायलमा मृत्यु भएका १० जनाकाे शव नेपाल पठाउन लाग्ने सम्पूर्ण खर्च पनि इजरायल सरकारले नै बेहोर्ने भएको हो। शव कहिले पठाउने भन्ने विषयमा भने यकिन हुन सकेको छैन् ।

    ‘१० जनाको शव नेपाल ल्याउन लाग्ने सबै खर्च इजरायल सरकारले नै बेहोर्नेछ । सबै प्रकृया पुरा गरेर नेपाल पठाउने भन्ने कुरा छ । कति समयमा नेपाल पठाउँछन् भन्ने यकिन भएको छैन् । तर, इजरायल सरकारले नै पठाउनेछ’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

    शव नेपाल सरकारले नै ल्याउने कि के गर्ने भन्ने थियो । तर, इजरायल सरकारले आफ्नै खर्चमा शव पठाउने भएको हो । गत शनिवार गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो। इजरायलमा धेरैको मृत्यु भएकाले उनीहरुको पहिचानमा समस्या भएको भन्दै इजरायल सरकारले त्यो प्रकृया पुरा गरेपछि शव नेपाल पठाउने भएको हो ।

    यसअघि शुक्रबार राति २५४ जना नेपाली विद्यार्थीको उद्धार गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस्

    images
    images