images
images
  • सफल व्यवसायी अब्दुल वासिदद्धारा एनआरएनएको केन्द्रीय युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा

    काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद्मा आगामी २०२३–२५ कार्यकालका लागि वर्तमान युवा संयोजक अब्दुल वासिदले युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्

    एनआरएनएमा युवाहरूको बृहत् सहभागिता, संस्थाको दिगो सफलता, युवा श्रमको सम्मानसहित विदेशको सीप, पुँजी, ज्ञान नेपालमा लगानी लगायत समृद्ध नेपालमा एनआरएनएको सहभागिता सहित उनले युवा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    लामो समयदेखि कतारलाई आफ्नो कर्मथलो बनाएका वासिद सफल व्यवसायीको रूपमा परिचित छन्। संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरूको आग्रह र साथीभाइको अनुरोधमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको उनले बताए।

    ‘सन् २०२३–२५ कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर आफ्नो केही गर्ने इच्छाअनुसार मैले एनआरएनए आइसीसी युवा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु’ उनले भने।

    लामो समयदेखि कतारलाई आफ्नो कर्मथलो बनाएका वासिद सफल व्यवसायीको रूपमा परिचित छन्।

    उनले एनआरएनए एनसीसी कतार र एनआरएनए आइसिसी तथा विभिन्न संघसंस्थामा रहेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका उनले एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, श्रमिकका मुद्दा उठाउँदै आइरहेका छन्।

    उनले युवा स्वरोजगार, सामूहिक लगानी, सीप र पुँजीको सदुपयोग, एनआरएनएमा युवाहरूको आकर्षण बढाउने, सुरक्षित र मर्यादित वैदेशिक रोजगार बनाउन पहल गर्ने, एनआरएनए स्पोर्ट्स एकेडेमीलाई दीर्घकालीन योजनासहित स्थापित गराउने लगायत रहेको बताएका छन्।

    वासिदले आफू एनआरएनए युवा संयोजक हुँदा ब्रिटिश कम्पनी ‘बेलाको’ नामक होम अप्लाइन्स भित्राएका उनले सयौं नेपालीलाई रोजगारी दिएका छन् भने उनले विश्वभरका युवाहरूलाई एकीकृत, संगठित एवम् सशक्तिकरण गरी आफ्ना महत्वपूर्ण मुद्दाहरूमा आवाज उठाउन क्षमता विकास गराइ एनआरएनए मुभमेन्टमा सहभागी गराउन सफल भएका छन्।

    यस्तो छ विज्ञप्ति :

    (1) Facebook

    मिती: २०८०।०६।२०

    प्रेस नोट
    गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को वर्तमान युवा संयोजक म अब्दुल बासिद आगामि कार्यकालका लागि युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको छु ।
    म लामो समयदेखी कतारलाई कर्मथलो बनाउँदै आएको छु । हाल नेपाल, कतार र बेलायतमा व्यवसाय सञ्चालन गर्दै आएको छु । एनआरएनए युवा संयोजक हुँदा ब्रिटिश कम्पनी ‘बेलाको’ होम अप्लाइन्समार्फत केही नेपालीहरुलाई रोजगारी प्रदान गर्दै आएको कुरा तपाईंहरुमाझ विदितै छ ।
    गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का युवा उपाध्यक्षमा तपाईंहरुलाई मलाई निर्वाचित गर्नुभयो भने स्वदेशमै युवाहरुलाई रोजगारी सिर्जना गर्न निरन्तर खटेर काम गर्नेछु । कर्मथलो विदेश भए पनि मातृभूमी नेपालमा लगानी गरेर धेरै भन्दा धेरै नेपालीहरुलाई रोजगारी दिने विश्वास दिलाउँन चाहन्छु । विदेशमा व्यवसाय गरिरहेका साथीहरुलाई स्वदेशमा लगानी गर्न पनि म अपिल गर्न चाहन्छु ।
    बिगतमा मैले एनआरएनए कतार र एनआरएनए आईसीसी लगायत विभिन्न संघसंस्थामा रहेर बटुलेको अनुभबलाई आगामि कार्यकालमा अझ उपयोग गर्न चाहन्छु । युवा पुस्ताका मुद्धाहरु स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीहरुलाई एनआरएनएमा आकर्षित गर्न र विदेशमा बस्ने श्रमिकहरुका आवाजलाई शसक्त रुपमा उठाउँन समर्पित हुनेछु ।
    युवाको वृहत सहभागिता, संस्थाको दीगो सफलता, श्रमको सम्मानसहित विदेशको सीप, पुँजी र ज्ञान नेपाल भित्र्याउँने तथा समृद्ध नेपालमा एनआरएनएको सहभागिता मेरा मूल मुद्दाहरु हुन् । आगामी कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर संगठन र देशका लागि केही गर्ने इच्छा अनुसार मैले एनआरएनए आइसीसी युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी निर्णय गरेको छु ।

    गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा उपाध्यक्षमा मलाई जिताएर सबैले सघाउनु हुनेछ भन्नेमा विश्वास लिएको छु ।

    अब्दुल बासिद
    युवा संयोजक, गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्

     

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images