images
images
  • आइसीसी एकदिवसीय विश्वकप क्रिकेट आजदेखि, इङल्याण्ड र न्यूजील्याण्ड भिड्दै

    काठमाडौं- आजदेखि आइसीसी एकदिवसीय विश्वकप शुरु हुदैछन् । क्रिकेट विश्वकपको आज पहिलो दिन गत विश्वकपको फाइनल खेलेका इङल्याण्ड र न्यूजील्याण्ड भिड्दैछन् ।

    यो खेल अपराहन्न २ः १५ बजेदेखि अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने छ ।

    भारतमा आयोजना भइरहेको यो विश्वकपमा विश्वका १० देशले भाग लिएका छन् । आजदेखि शुरु भएर फाइनल खेल नोभेम्बर १९ मा हुने छ । नेपाल भने यस विश्वकपमा छनौट हुन असफल भएको थियो ।

    विश्वकप खेल्ने देशमा आयोजक भारतसहित पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रीका, इङल्याण्ड, न्यूजील्याण्ड, बंगलादेश, अफगानिस्तान सिधै छनौट भएका हुन् भने श्रीलंका र नेदरल्याण्डस विश्वकप क्वालिफायरमार्फत छनौट भएर विश्वकप खेल्दै छन् ।

    १० देशले समुह चरणमा एक अर्का विरुद्ध एक एक पटक खेल्ने छन् । समुह चरणको खेलपछि शिर्ष चार देश सेमिफाइनलमा खेल्ने छन् । समुह चरणमा कुल ४५ खेल हुने छन् ।

    यो विश्वकप भारतका १० स्टेडियममा हुदै छ । जसमा अहमदावादमा फाइनलसहित ५ खेल हुने छन् भने बैंगलोर, चेन्नई, दिल्ली, धर्मशाला, कोलकोता, लखनउ, पुने र मुम्बईमा ५–५ खेल हुने छन् । त्यस्तै हैदरावादको राजीवगान्धी क्रिकेट मैदानमा ३ खेल हुने छन् । त्यसैगरी कोलकोताको इडेन गार्डेन र मुम्बईको वान्खडे स्टेडियममा सेमिफाइनल खेल हुने छन् ।

    पुरस्कार राशी कति छ ?
    विश्वकप २०२३ को विजेता टोलीले ४ मिलियन अर्थात ४० लाख डलर अमेरिकी डलर पाउने आइसीसीले घोषणा गरेको छ । विश्वकपको उपविजेताले पनि २ मिलियन अर्थात २० लाख डलर पुरस्कार पाउने भएको छ ।

    यति मात्र होइन, विश्वकपको सेमिफाइनल पुग्ने टोलीमाथि पनि पैसाको वर्षा हुनेछ । सेमिफाइनलमा पुगेर पराजित हुने दुई देशले ८–८ लाख डलर रकम पाउने छन् । त्यसैगरी समुह चरणबाट बाहिरिने हरेक देश (कुल ६ देश) ले एक एक लाख डलर रकम आइसीसीले दिने बताएको छ ।

    त्यस्तै समुह चरणमा हरेक खेल जित्ने देशलाई ४० हजार डलर रकम आइसीसीले दिने भएको छ । समुह चरणमा कुल ४५ खेल हुदैछन् ।

    आइसीसीले यस विश्वकपमा कुल पुरस्कार राशि १० मिलियन अर्थात एक करोड डलर राखेको छ ।

    अहिलेसम्मका विजेता :
    यस अघि सम्पन्न १२ वटा विश्वकपमा अहिलेसम्म अस्ट्रेलियाले सबैभन्दा बढी पाँच पटक उपाधि जितेको छ । अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि जितेको थियो ।

    त्यसैगरी भारत र वेस्टइण्डिजले २–२ पटक विश्वकप जितेका छन् । जसमा भारतले १९८३ र २०११ मा जितेको थियो भने वेस्टइण्डिजले १९७५ र १९७९ मा जितेको थियो । जबकी यस विश्वकपमा वेस्टइण्डिज छनौट हुन असफल भएको छ ।

    त्यसैगरी इङल्याण्ड (२०१९), पाकिस्तान (१९९२) र श्रीलंका (१९९६) ले एक एक पटक विश्वकपको उपाधि जितेका छन् । त्यसैगरी न्यूजील्याण्ड दुई पटक २०१५ र २०१९ मा फाइनलमा पुगेर पनि विश्वकपको विजेता बन्न सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images