काठमाडौं। राष्ट्रिय ज्येष्ठ नागरिक कोष र नेसनल प्याब्सन काठमाडौंको संयुक्त आयोजनामा ज्येष्ठ नागरिकको दुव्र्यवहार विरुद्ध जनचेतना विषयक उपत्यकाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता कार्यक्रम हुने भएको छ । उक्त कविता प्रतियोगितामा भाग लिन इच्छुक उपत्यकाका विद्यार्थीहरुले २०७८ ज्येष्ठ २९ गतेको दिउँसो ४ बजेसम्म आफ्नो दर्ता गरिसक्नुपर्नेछ ।
राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति बसन्तराज कार्कीले ज्येष्ठ नागरिकलाइ गरिने दुर्ब्यबहारलाइ न्युनिकरण गर्न यसखाले कविता प्रतियोगिताले महत्वपूर्ण सन्देश प्रवाह गर्नसक्ने बताउनुभयो । विशेषगरी विद्यालयस्तरका विद्यार्थीहरुका लागि गरिएको प्रतियोगिताले घरबाटै ज्येष्ठ नागरिकमाथी हुने दुव्र्यवहारलाई निरत्साहन गर्न जनचेतना फैलाउन मद्दत पुग्ने भनाई उहाँको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ट्रफी र प्रमाणपत्रसहित रु ८ हजार पुरस्कार, द्धितीयालाई ट्रफी र प्रमाणपत्रसहित रु ६ हजार, तृतीयालाई ट्रफी र प्रमाणपत्रसहित रु। ४ हजार र ४ जनालाई रु १ हजारसहित सान्त्वना पुरस्कारको व्यवस्था गरिएको आयोजक टिमले जनाएको छ ।
कविता प्रतियोगिताको वाचन समय ४ मिनेट रहनेछ । प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुन पाउनेछन् । प्रतियोगिता २०७८ असार १ गते हुनेछ ।
समाजमा ज्येष्ठ नागरिक सधै सम्मानित हुन्छ्न । ज्येष्ठ नागरिक सम्मानित हुनुभनेको सिस्ट समाज निर्माण गर्नु हो । अहिलेको बजेटले ज्येष्ठ नागरिकप्रति उच्च सम्मान जनाएको छ। केवल सरकारले मात्र गरेर पुगदैन परिवारको नै बढि जिम्मेवारी हुन्छ त्यो जिम्मेवारी पुरा गर्न यस्ता साना(साना कदमले पनि ज्येष्ठ नागरिकप्रति उच्च सम्मानको लागी यस्तो कार्यक्रमको आयोजना गरिएको हो अध्यक्ष कार्कीले बताए ।


विश्व खबर 




















