images
images
  • भारत–क्यानडा तनावः क्यानडाका सिख नेता निज्जरको हत्यामा भारतको हात रहेको आरोप

    काठमाडौं- क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले  क्यानडा सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाएका छन् । भारतीय विदेश मन्त्रालयले क्यानडाको यो आरोपलाई पूर्णतया अस्वीकार गर्दै यसलाई बाइत कुरा भएको बताएको छ ।

    गत जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित गुरुद्वारा बाहिर निज्जरको गोली हानी हत्या गरिएको थियो । ट्रुडोले सोमबार क्यानडाको संसद्मा भने, ‘क्यानडाली एजेन्सीहरूले निज्जरको हत्यामा भारत सरकारको हात हुनसक्ने पक्का भएको छ ।’

    क्यानडाका प्रधानमन्त्रीले जी–२० सम्मेलनमा पनि प्रधानमन्त्री मोदीसँग यो मुद्दा उठाएको बताए । ट्रुडोले क्यानडाको संसद्मा भने, “हाम्रो देशको भूमिमा क्यानडाली नागरिकको हत्याको पछाडि विदेशी सरकारको हात हुनु अस्वीकार्य छ र यो हाम्रो सार्वभौमसत्ताको उल्लङ्घन हो ।’

    ट्रुडोले थप भने, ‘यो लोकतान्त्रिक, स्वतन्त्र र खुला समाजहरू सञ्चालन गर्ने आधारभूत नियमहरूको विरुद्ध हो ।’

    “त्यो खुला र प्रजातान्त्रिक समाजले आफूलाई सञ्जालन गर्ने आधारभूत नियमविपरीत कुरा हो।“

    दिल्लीले निज्जरको हत्याको आरोपमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ।

    canada

    क्यानडाद्वारा भारतीय कूटनीतिज्ञ निष्कासन
    क्यानडाका विदेश मन्त्री मेलानी जोलीले सोमबार भारतीय वरिष्ठ कूटनीतिज्ञ पवनकुमार राईलाई क्यानडाले शिख नेताको हत्या प्रकरणको अनुसन्धानका कारण निष्कासन गरिएको बताएकी छन् ।

    कूटनीतिज्ञ लाई देश निकाला गरेपनि जानकारी दिए पनि थप विवरण खुलेको छैन ।

    क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हिजोको संसदमा सम्बोधन गर्दै भारत सरकारका एजेन्टले गएको जुन महिनामा क्यानडाको ब्रिटिश कोलम्बियामा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको टिप्पणी गरेका थिए ।

    साथै उनले भारतमा हालै सम्पन्न जी–२० शिखर सम्मेलनका बेला आफूले यो मुद्दा प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको पनि जानकारी दिएका थिए ।

    क्यानडालाई भारतको जवाफ
    भारतीय विदेश मन्त्रालयले यस विषयमा विज्ञप्ति जारी गर्दै भनेको छ– ‘हामी क्यानडाका प्रधानमन्त्रीले आफ्नो संसद्मा दिएको भनाइ र उहाँको विदेशमन्त्रीको भनाइलाई अस्वीकार गर्छौँ । क्यानाडामा हुने कुनै पनि हिंसात्मक कार्यमा भारत सरकारको संलग्नताको आरोप बेतुकका छन् । क्यानडाका प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्रीलाई पनि यस्तै आरोप लगाएका थिए र पूर्ण रूपमा अस्वीकार गरियो ।’

    ‘हामी विधिको शासनप्रति दृढ प्रतिबद्धता भएको लोकतान्त्रिक देश हौँ । यस्ता आधारहीन आरोपहरूले क्यानाडामा आश्रय लिएका खालिस्तानी आतङ्कवादी र चरमपन्थीहरूबाट ध्यान हटाउन खोज्छन् र भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई खतरामा पार्ने प्रयास गर्छन्। यस मुद्दामा क्यानडा सरकारको निष्क्रियता लामो समयदेखि चिन्ताको विषय भएको छ ।’ भारतले भनेको छ ।

    को थिए हरदीप सिंह निज्जर ?
    निज्जर क्यानडाको पश्चिमी कुनामा पर्ने प्रान्त ब्रिटिश कोलम्बियाका प्रभावशाली सिख नेता थिए। उनी केही महिनायता अनपेक्षित घटनामा ज्यान गुमाउने तेस्रा प्रभावशाली सिख नेता हुन्।

    उनले सार्वजनिक रूपमै स्वतन्त्र सिख राज्य स्थापनाको माग गर्ने खालिस्तान अभियानमा संलग्न थिए।

    उक्त अभियानकै कारण पहिलादेखि नै उनी निसानामा रहेको उनका समर्थकहरूको दाबी छ।

    भारतले यसअघि उनलाई एक पृथक्तावादी लडाकु समूहको नेतृत्व गरेको भन्दै आतङ्ककारीको सङ्ज्ञा दिएको थियो। उनका समर्थकहरू ती आरोपलाई “आधारहीन“ मान्छन्।

    क्यानडाले हालै भारतसँगको खुला व्यापार सम्झौतासम्बन्धी वार्ताहरू रद्द गरेको छ। विस्तृत जानकारी नदिएको भए पनि उसले “केही राजनीतिक विकासक्रम“ कारण त्यसो गर्नुपरेको उसको भनाइ छ।

    क्यानडामा भारतीय मूलका झन्डै १४ देखि १८ लाख जना त्यहाँका नागरिक छन्।

    भारतको पञ्जाबबाहिर सिखको सर्वाधिक सङ्ख्या क्यानडामै छ।

    sikhबिबिसीको सहयोगमा

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images