images
images
  • गैरीगाउँ सामूहिक हत्यामा नयाँ ट्विस्टः आरोपित पक्राउ परेका दिपेन्द्र विरुद्ध परेको जाहेरी दर्ता भएन

    काठमाडौं- तीनकुने, गैह्रीगाउँमा भएको सामूहिक हत्या प्रकरणमा दिपेन्द्र राई विरुद्धको किटानी जाहेरी प्रहरीले दर्ता नै नगरी फर्काइदिएको छ। राई विरुद्ध किटानी जाहेरी दिन आइतबार प्रहरी कार्यालय पुगेका मृतकका आफन्तलाई प्रहरीले जाहेरी दर्ता नगरी फर्काइदिएको हो।

    राई विरुद्ध प्रमाण नपुगेकोले किटानी जाहेरी दर्ता गर्न नमिल्नै भन्दै फर्काइदिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

    हत्याकाण्ड भएकै दिन घटनाको बारेमा जानकारी गराउन राई ट्याक्सी चढेर प्रहरी कार्यालय पुगेका थिए। प्रहरीले राईलाई नै पक्राउ गरी अनुसन्धान थालेको थियो। तर प्रहरीले राई हत्यामा संलग्न नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

    उक्त सामूहिक हत्या एक जना व्यक्तिले गरेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ। आइतबार पक्राउ परेका एक संदिग्ध व्यक्तिले चारै जनाको हत्या स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ।

    सीसीटीभी फुटेजमा देखिएमा एक जना संदिग्ध व्यक्तिलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार पक्राउ गरेको थियो।

    ती व्यक्ति सामूहिक हत्या प्रकरणको मुख्य व्यक्ति हुन सक्ने प्रहरीको अनुमान थियो। तिनै व्यक्तिले आफूले हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतको दाबी छ।

    दिव्य सः फर्निचर मिलमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल र मोरङका १९ वर्षका नवीन राईको शुक्रबार राति हत्या भएको थियो।

    कुमार दिव्य सः फर्निचर मिलका सुरक्षा गार्ड हुन्। मिल भित्र धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शनिबार बिहान ४ जनाको शव फेला परेको थियो। शुक्रबार राति ११ः५५ बजे सो मिल भित्र ४ वटा शव फेला परेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images