images
images
  • श्रीलंकाको ब्याटिङ धरापमा: तीन ओभरमै सिराजले लिए ५ विकेट, ६ विकेट गुमाउदा ३१ रनमा

    काठमाडौ- एसिया कप–२०२३ को फाइनलमा श्रीलंकाविरुद्ध भारतीय बलर मोहम्मद सिराजले तीन ओभरमै सिराजले लिए ५ विकेट लिएका छन् ।

    उनले आफ्नो व्यक्तिगत तीन ओभरमा पाँच विकेट लिँदै श्रीलंकालाई धराशायी बनाए ।

    टस जितेर श्रीलंकाले पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । जसप्रित बुमराहले तेस्रो बलमै कुशल परेरालाई आउट गरेर श्रीलंकालाई पहिलो झट्का दिएका थिए । त्यसपछि सिराज शो सुरु भयो । उनले आफ्नो पहिलो ओभर मेडन राखे । चौंथो ओभरमा उनले चार विकेट लिए ।

    चौंथो ओभरको पहिलो बलमा सिराजले पथुम निसान्कालाई रवीन्द्र जडेजाको हातबाट क्याच गराए । दोस्रो बल सदीरा समराविक्रमाले छोडिदिए । तेस्रो बलमा उनी एलबीडब्लु आउट भए । त्यसपछिको बलमा चरिथ असालांकालाई पनि सिराजले पेभिलियन पठाइदिए ।

    सिराजले आफ्नो ह्याट्रिक भने पूरा गर्न सकेनन् । ह्याट्रिक बलमा धनञ्जय डी सिल्भाले चौका निकाले । तर, लगत्तैको बलमा उनी आउट भए ।

    तेस्रो ओभरमा फेरि सिराजले एक विकेट थपे । उनले तेस्रो ओभरको चौंथो बलमा दसुन सनाकालाई बोल्ड गरे ।

    सिराजको घातक बलिङमा श्रीलंका धराशायी बनेको छ । अहिले क्रिजमा कुशल मेन्डिस र दुनिथ वाल्लालागे खेलिरहेका छन् । श्रीलंका ६ विकेट गुमाएर ३१ रनको अवस्थामा  खेलीरहेको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images