काठमाडौं- एसिया कप–२०२३ को फाइनलमा भारतविरुद्ध श्रीलंकाले पहिलो ब्याटिङ गर्ने भएको छ ।
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादसा रंगशालामा हुने खेलका लागि भएको टस जितेर घरेलु टिमका कप्तान दासुन सनाकाले ब्याटिङको निर्णय गर्दै भारतलाई फिल्डिङको निम्तो दिएका हुन् ।
भारतले समूह ‘ए’ को र श्रीलंका समूह ‘बी’ विजेताको रूपमा सुपर फोरको यात्रा तय गरेका थिए । सुपर फोरमा भारतलाई २१३ मा अल आउट गरे पनि श्रीलंका ४१ रनले पराजित भएको थियो ।
घरेलु टिम श्रीलंका एसिया कपमा सबैभन्दा धेरै फाइनल खेल्ने टिम हो । श्रीलंकाले हालसम्म १२ पटक फाइनल खेलेको छ ।
जसमध्ये ६ उपाधि जितेको श्रीलंका आज उपाधिसहित प्रतियोगिताको सबैभन्दा धेरै उपाधि जित्ने टिमको रूपमा भारतसँग बराबरी गर्न चाहन्छ ।
भारतले यसअघि सात पटक एसिया कप जितेको छ भने डिफेन्डिङ च्याम्पियन श्रीलंकाले छैटौं पटक एसिया कप जितेको छ।
सबैभन्दा धेरैपटक च्याम्पियन बनेको दुई देशबीच रोमाञ्चक खेल हुने अपेक्षा गरिएको छ। यद्यपि वर्षाका कारण निर्धारित समयमा खेल सुरू हुन सकेको छैन।


विश्व खबर 
















