images
images
  • पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, कुनमा कति पुग्यो ?

    काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । शुक्रबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।

    यसअनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।

    IMG 20230915 2342521694800765

    प्रतिक्रिया दिनुहोस्
    images
    images