images
images
  • करेन्ट लागेर एक बालक सहित दुई जनाको मृत्यु


    कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० होदुमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । स्थानीय शेरबहादुर विकका आठ वर्षीय छोरा युवराज विकको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।

    आफ्नै घरको कुखुराको खोरमा बिजुलीको बल्ब नभएको खाली होल्डरमा हात घुसाउँदा करेन्ट लागेर बेहोस भएका बालकको उपचारको लागि पोखरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यस्तै स्याङजाको चापाकोट नगरपालिका–१० र १ जोड्ने निर्माणाधीन पुलमा काम गर्ने दाङको राप्ती गाउँपालिका–५ घर भएका २० वर्षीय शशीधर थापाको पनि करेन्ट लागेर मृत्यु भएको छ ।

    मोबाइल चार्ज गर्ने क्रममा भुइँमा रहेको तारबाट अचानक करेन्ट लाग्दा घाइते भएका उनको चापाकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images