काठमाडौं- नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को विवाद उत्कर्षमा पुगेको छ । विवाद बढ्दै जाँदा अध्यक्ष र महासचिवलाई बर्खास्तगीको माग गर्दै ४० प्रतिशत सदस्यले निवेदन दिएका छन् ।
एन्फाका ४९ सदस्यले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्ती मागसहित विशेष साधारण सभा बोलाउन निवेदन पेश दिएका हुन्।
सोमबार एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निवेदन बुझाएका छन्।
क्लब, जिल्ला फुटबल संघ तथा महिला फुटबल संघ गरी ४९ साधारण सभा सदस्यले हस्ताक्षर गरेको निवेदन बुझाएका हुन्।
उनीहरुले बुझाएको निवेदनमा लेखिएको छ,‘वर्तमान अध्यक्ष र महासचिवले नेपाली फुटबललाई धराशायी बनाउन उद्दत रहेको र सम्बन्धित व्यक्तिहरुलाई उक्त पदमा निरन्तरता दिदा नेपाल फुटबल भविष्यमा नै अतुलनीय क्षति पुर्याउँछ भन्ने हाम्रो ठहर हो।’
विधानको धारा ३६ ९ (३) बमोजिम एन्फा कार्यसमितिले यो निवेदन प्राप्त भएको मितिले ३० दिनभित्र अनिवार्य रुपमा विशेष साधारण सभाको बैठक आव्हान गर्नुपर्ने कानुनी दायित्व रहेको समेत जानकारी गराएको छ।
विधान अनुसार संघले ३० दिनभित्र संघको विशेष साधारण सभा बनोलाएमा अन्य सदस्य संस्थाले नै संयुक्त रुपमा ३० दिनको सूचना जारी गरि साधारण सभा बोलाउन पाउने प्रावधान छ।
४९ सदस्यले बुझाएको निवेदनमा विविध १९ विषय उल्लेख गरेको छ।
https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/09/anfa-hastakher.pdf


विश्व खबर 
















