images
images
  • गण्डकीका मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत लिने


    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलेजेठ २७ गते विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ ।

    प्रदेश सभामा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

    विश्वासको मत लिनुभन्दा २ दिनअघि संसद सचिवालयमा जानकारी दिनु पर्ने नियम रहेको छ ।  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएको प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।

    गण्डकी प्रदेशसभामा प्रदेशसभा सदस्य ६० जना रहेका छन् । त्यसमध्ये गुरुङको पक्षमा २८ मत छ । सरकार जोगाउन ३१ मत चाहिन्छ । 
    प्रदेशसभामा विपक्षी गठबन्धनमा कांग्रेस १५, माओवादी १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चासँग तीन र जनता समाजवादी पार्टीसँग दुई सांसद छन् ।

    उनको सचिवालयले दिएको जानकारीअनुसार संविधानमा भएको व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images