काठमाडौं- नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले भारतविरुद्धको खेलमा अर्धसतक बनाएका छन् । श्रीलंकाका पालेकेले रंगशालामा जारी एशिया कप खेलमा आसिफले ८८ बलमा सात चौकासहित ५० रन बनाएका हुन् ।
आरिफको खेल करियरकै नवौंं अर्धसतक हो । यसअघि नेपालका लागि आसिफले ब्यक्तिगत एक सतकसहित आठ अर्धसतक बनाएका छन् । टस हारेर सुरुवाती ब्याटिङ गरेको नेपालले २७.२ ओभरमा चार विकेट गुमाउँदै एक सय १३रन बनाएको छ ।
यसअघि नेपालको लागि ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए । पहिलो विकेटको लागि कुशल र आरिफबीच ५९ बलमा ६५ रनको साझेदारी भएको थियो ।
भिम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल २ रन बनाएर पेभिलियन फर्किएका हुन् । भारतका रविन्द्र जडेजाले तीन विकेट लिएका छन् ।
यो समाचार तयार गर्दासम्म असिफ र गुल्सनमो साझेदारीमा नेपालले १३१ रन पुरा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 
















