images
images
  • प्रादेशिक क्रिकेट संघ वागमतीको नेतृत्वमा लड्दै पारस, निर्वाचन जारी

    काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेतृत्व गर्न चाहेको प्रादेशिक क्रिकेट संघ वागमती प्रदेशको निर्वाचन जारी छ ।

    ललितपुरको धोबिघाटस्थित एक होटलमा शुक्रवार प्रादेशिक क्रिकेट संघ वागमती प्रदेशको दोस्रो साधारण सभा तथा निर्वाचनले नयाँ नेतृत्व चयन गर्दैछ ।

    अहिलेसम्म पारस र चितवन जिल्ला क्रिकेट संघका प्रतिनिध उमेश पियाले वागमतीको नेतृत्वमा दाबी गर्र्दैछन् । यद्यपि, शुक्रवार उद्घाटन सत्र सकिएलगत्तै वर्तमान वागमती प्रदेशका सचिव दुर्गाराज पाठकलगायत सर्वसम्मिति गराउने प्रयासमा जुटेका छन् ।
    वागमती प्रदेशमा कुल ३७ मत छ । त्यसमध्ये ६ जिल्लाबाट २४ र कार्यसमितिको १३ जना गरी कुल ३७ जनाले मतदान गर्न पाउनेछन् । उनीहरूको चयनबाट आगामी चार वर्षका लागि १३ सदस्यीय प्रादेशिक क्रिकेट संघ वागमती प्रदेशको नेतृत्व चयन हुनेछ ।
    ६ जिल्ला र वर्तमान कार्यसमितिका ७ सदस्यीयले पारसलाई अध्यक्ष बनाउने सर्वसम्मितिसहित यसअघि नै पत्रकार सम्मेलन गरिसकेकाले उनको दाबेदारी बलियो मानिएको छ ।

    पत्रकार सम्मेलनमा चितवन र नुवाकोटलाई बाहिर राख्दै बाँकी चार जिल्लाले बाँकी पदमा भागभण्डा गर्ने यसअघि नै सार्वजनिक भइसकेको छ । शुक्रवार उद्घाटन सत्रमा प्रमुख अतिथि प्रदेश खेलकुद विकास समिति वागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले यो साधारणसभाले आगामी कार्यकालका लागि सक्षम नेतृत्व चयन गर्ने विश्वास गर्दै वागमती प्रदेश खेलकुद परिषद् पनि सदैव सहकार्यका लागि तयार रहेको बताए ।

    क्यानको नेतृत्व गर्ने लक्ष्यसहित राष्ट्रिय क्रिकेट टोलीबाट राजीनामा दिएका पारस प्रदेशको अध्यक्ष जित्दै क्यानको सचिवमा पनि लड्ने योजनामा छन् । उनी काठमाडौं जिल्लाको सदस्य बन्दै प्रदेशको चुनाव लड्न प्रतिनिधि बनेका थिए । अब प्रदेश पनि जित्दै क्यानकै सचिव बन्ने लक्ष्यमा रहेको उनी निकट बताउँछन् ।

    आइपिएस एशियाका कोषाध्यक्ष निरन्जन राजंवशीले पछिल्ला समय नेपाली क्रिकेटबाट आम मानिसका साथै क्रिकेटप्रेमीले धेरै अपेक्षा गरिरहेको र त्यसका लागि वागमती प्रदेश क्रिकेट संघले भुमिका खेल्न सक्ने विश्वास व्यक्त गरे ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images