images
images
  • पकिस्तानबिरुद्ध नेपाललाई लगातार दोस्रो सफलता, कप्तान रोहितको उत्कृष्ट रनआउट

    काठमाडौं- एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत मुलतानमा जारी खेलमा नेपालले लगातार दोस्रो सफलता पाएको छ। तीव्र गतिका बलर सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका छन्।

    सोमपालले सातौँ ओभरको पहिलो बलमा इमाम उल हकलाई कप्तान रोहित पौडेलले रन आउट गराउँदै नेपाललाई लगातार दोस्रो सफलता दिलाए।

    त्यसअघि अलराउण्डर करण केसीले एसिया कपमा पाकिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता दिलाएका थिए।

    करणले छैटौँ ओभरको तेस्रो बलमा ओपनर ओपनर फखर जमानलाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाएका थिए।

    मुलतान क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ।

    पहिलो ओभरमा नै ९ रन खर्चेका सोमपालले आफ्नो दोस्रो ओभर मेडन राखेका थिए।

    करण केसीले आफ्नो पहिलो ओभरमा २ रन दिदा दोस्रो ओभरमा ५ रन दिए। आफ्नो तेस्रो ओभरमा भने नेपाललाई सफलता दिलाए।

    छैटौँ ओभरको समाप्तीमा पाकिस्तानले १ विकेटको क्षतिमा २५ रन बनाएर खेलिरहेको छ। अहिले क्रिजमा कप्तान बाबर अजाम ४ रनमा तथा मोहम्मद रिजवान शून्य रनसहित क्रिजमा छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images