images
images
  • एसिया कप आजदेखि, नेपाल र पाकिस्तान भिड्दै

    काठमाडाैं। एसिया कप क्रिकेट आजदेखि सुरु हुँदैछ।नेपालले इतिहासमै पहिलो पटक विश्व च्याम्पियन टोली पाकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएको छ।

    प्रतियोगिताको उद्घाटन खेलमा नै नेपाल र आयोजक पाकिस्तानको प्रतिस्पर्धा हुन लागेकाे हाे।

    एसिया कपको १६ औँ शृङ्खलामा ओडिआई क्रिकेटको वरीयतामा शीर्ष स्थानको पाकिस्तान र तेस्रो स्थानको भारतसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको छ।

    नेपाली समयअनुसार दिउँसो आज ३ बजेर १५ मिनेटमा मुल्तान क्रिकेट रंगशालामा नेपालले पाकिस्तानविरुद्ध ऐतिहासिक खेल्न लागेको हो।

    पाकिस्तानविरुद्ध खेल्न नेपालले बलियो टोली उतारेको छ। खेलअघि हिजाे भएको पत्रकार सम्मेलनमा कप्तान रोहित पौडेलले नेपालले एशिया कपमा डेब्यू गर्न लागेकाले नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताउँदै नेपालीका लागि उत्सव जस्तै हुने बताएका छन्।

    रोहितले पाकिस्तानविरुद्ध खेल्न आफूहरु आतुर रहेको र प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने बताएका छन्।

    नेपालले दाेस्राे खेल ४ सेप्टेम्बरमा श्रीलंकाकाे क्यान्डीमा भारतसँग खेल्नेछ ।

    कराँचीमा अभ्यास गरेपछि नेपाली टिम आइतबार मुल्तान पुगेको थियो । खेलका लागि पाकिस्तानी टिम पनि मुल्तान पुगिसकेको छ ।

    एसिया कपका चार खेल पाकिस्तानले आयोजना गर्दै छ भने बाँकी खेलहरु श्रीलंकामा हुँदै छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images