images
images
  • सन्दीप विरुद्धको मुद्दा: आज पनि भएन बहस, ’गौशाला २६’ र आमाको उमेर यकिन गर्ने आदेश

    काठमाडौं- काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ र उनकी आमाको उमेर यकिन गर्न आदेश जारी गरेको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलाशले पीडित पक्षले पेस गरेका कागजात र विपक्षी लामिछानेका पक्षले पेस गरेको कागजातमा उमेर फरक परेको देखिएपछि आमासहितको उमेर यकिन गर्ने आदेश जारी गरेको हो ।

    जाहेरीवालातर्फकी वकिल वरिष्ठ अधिवक्ता सुनिता रेग्मीले गौशाला २६ र आमाको उमेर नौ वर्ष मात्र फरक देखिने गरी कागज पेस गरेपछि त्यसको यकिन का लागि गौशाला–२६ र उनकी आमाको उमेर यकिन गर्ने आदेश भएको जानकारी दिइन् ।“

    उहाँहरुले त करणी भएकै छैन, कुर्शीमा बसेर बाहिर आएको दाबी गर्नुभएको छ । तर, फेरि नाबालिग नभएको प्रमाण जुटाउन मेहनत गरिरहनुको कारण बुझ्न सकिएन,” वरिष्ठ अधिवक्ता रेग्मीले भनिन्, “पीडितका पक्षबाट बुझाइएका डकुमेन्टमा कुनै समस्या छैन । उहाँहरुले पेस गरेको डकुमेन्टमा उमेर फरक परेपछि त्यसमै छलफल भएर उमेर यकिन गर्ने आदेश भएको हो ।”

    पीडित गौशाला–२६ का तर्फबाट पेस भएको कागजातमा उनको उमेर ०६२ जेठ उल्लेख भए पनि सन्दिप पक्षले ०६१ जेठ जन्ममिति भएको कागजात पेस गरेको छ ।

    यस्तै, बसाइँसराइसम्बन्धी कागजमा गौशाला–२६ की आमाको जन्ममिति २०५३ साल देखिएको छ । उल्लिखित उमेरअनुसार आमा–छोरीको उमेर १० वर्ष मात्रै फरक देखिएपछि वडामार्फत उमेर यकिन गर्ने आदेश भएको हो ।

    सन्दीपका तर्फबाट खेल खेल्न पाउनुपर्ने भन्दै दायर गरेका रिटमा गत फागुन १५ गते सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लको इजलाशले सन्दीपलाई खेलका लागि छुट दिने आदेश गरेका थियो । साथै, यो मुद्दा ‘फास्ट ट्रयाक’ मा टुंग्याउने आदेश पनि सोही इजलासले दिएको थियो ।

    त्यही कारण काठमाडौँ जिल्लामा बिहीबारदेखि लगातार सुनुवाइ भई फैसला आउने भनिए पनि उमेरको विवादमा उमेर यकिनको आदेश भएर स्थगित भएको हो ।

    जबर्जस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध ०७९ भदौ २१ मा बालिकाले काठमाडौंको गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । जाहेरीका बेला राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका सन्दीपलाई प्रहरीले अनुसन्धान सुरू गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images