images
images
  • सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा

    काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंमा आजदेखि नियमित सुनुवाइ हुँदै छ।

    जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा आज मुद्दाको सुनुवाइ हुने भएको हो। सन्दीपको मुद्दालाई पहिलो नम्बरमा नै राखिएको छ। सन्दिपविरूद्धको मुद्धाको सुनुवाइ यसअघि धेरै पटक सर्दै आएको छ।

    तर आज १ नम्बरमै परेकोले सुनुवाईले निरन्तरता पाउने सम्भावना छ।

    सन्दीपले नाबालिग गौशाला २६ (प्रहरीले दिएको नाम) लाई बलात्कार गरेको आरोपमा मुद्धा खेपिरहेका छन्। नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images