चितवन- पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलमा कलेजको बसले बोलेरोलाई ठक्कर दिँदा १९ जना घाइते भएका छन्।
भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले बुधबार पौने १२ बजे भरतपुर महानगरपालिका– ९ टिकौली जङ्गलमा मोटरसाइकल, स्कुटर र शव बोकेको गाडीलाई ठक्कर दिएको हो। दुर्घटनामा घाइते भएका मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ।
उक्त कलेजको बसले विपरित दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकेर देवघाट जाँदै गरेको बलेरोलाई ठक्कर दिई बा.प्र.०६–००१ प ९९८१, बा.प्र.०३–००५ प ९७, ना ६२ प ६०३२, बा.प्र.०३–००१ प ४१४७ मोटरसाइकलहरु र बा.प्र.०६–००१ प २२९४ र बा.प्र.०३–००२ प ४१९८ नम्बरको स्कुटरसहित सवारी साधनहरु एक आपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजय पण्डितले बताए।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















