images
images
  • नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणः थप एक चिकित्सक काठमाडौंबाट पक्राउ

    काठमाडौं- नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई काठकाडौँबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा डा.पुनम थापा रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार थापालाई आज काठमाडौँबाट पक्राउ गरिएको हो ।

    नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ । प्रमाणपत्र कीर्ते प्रकरणमा थापासहित पक्राउ पर्नेको सङ्ख्या ८ पुगेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जनाएको छ ।

    यसअघि नेपाली कांग्रेसका सांसद डा.सुनिलकुमार शमा डा.रामबाबु यादव, डा.रञ्जित यादव, डा.एलिना साह र डा.अमित चौधरर ड ाश्रद्धा शिल्पकार र डा नित चौधरी लगाएत
    ७ जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images