images
images
  • दोलखामा बस दुर्घटना, २१ जना घाइते

    चरिकोट- दोलखामा यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

    दोलखाकै मिर्गेबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बा२ख ५४२९ नम्बरको बस बिहान करिब सवा ९ बजे तामाकोसी गाउँपालिकाको गोपीखोला भन्ने स्थानमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

    उनीहरुको च्छो रोल्पा अस्पताल र जिल्ला अस्पताल दोलखामा उपचार भइरहेको छ ।

    बस सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

     

    1 2

    4

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images