images
images
  • विविद्युत् प्राधिकरणले सर्वसाधारणका लागि ‘आईपीओ’ जारी गर्दै

    काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ।

    प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणमा सेयर जारी गर्नका लागि प्राधिकरणले प्रक्रिया अगाडि बढाइसकेको बताए।

    संस्थाले आईपीओका लागि इक्रा नेपालबाट इक्रा एनपी डबल ए प्लस माइनस रेटिङ प्राप्त गरको छ ।

    कार्यकारी निर्देशक घिसिङका अनुसार आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणले १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ।

    प्राधिकरणको अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को तुलनामा भने गत आर्थिक वर्ष २०७९÷८० मा नाफा १ अर्ब ५ करोड घटेको छ ।

    गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष २०७८/७९ मा खुद नाफा १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो ।

    गत आवमा शुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरुको विद्युत् उत्पादनमा ह्रास आउँदा नाफा घटेको घिसिङले बताए ।
    आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको उनको भनाइ छ ।

    प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघि करिब ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर करिब एक खर्ख १८ अर्ब रुपैयाँ पुगेको छ । प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको घिसिङले बताए ।

    प्राधिकरणले विगत दुई वर्षमा आफ्नै श्रोतबाट करिब ४८ अर्ब रुपैयाँ बराबरको रकम प्रसारण एवं वितरण प्रणाली विस्तार र सुधारमा लगानी गरिएको जानकारी दिइएको छ । साथै, सरकारको कोषमा सावाँ, ब्याज र रोयल्टी गरी करिब ३० अर्ब जम्मा गरेको पनि घिसिङले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images