images
images
  • धितोपत्र बोर्डको नीति कार्यक्रम: एनआरएनलाई लगानी खुला गरिने (पूर्णपाठ)

    काठमाडौं- नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

    बोर्डका अध्यक्ष रमेश हमालले आइतबार धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम प्रस्तुस्त गरेका हुन् ।

    बोर्डले औपचारिक कार्यक्रम नगरी नीति कार्यक्रम सार्वजनिक गरेको हो। बोर्डले औपचारिक कार्यक्रम नगरी नीति कार्यक्रम सार्वजनिक गरेको हो।

    सार्वजनिक नीति तथा कार्यक्रममा धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न यस सम्बन्धी कानुनहरुमा आवश्यक संशोधन तथा परिमार्जन गरिने उल्लेख छ ।

    त्यस्तै धितोपत्र व्यवसायीको लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गरिने उल्लेख छ । साना तथा मझौला कम्पनीको धितोपत्र निस्कासन तथा कारोबार सम्बन्धी नियमावली तयार गरी कार्यान्वयनमा ल्याइने नीति तथा कार्यत्रममा लेखिएको छ ।

    ‘वस्तु विनिमय बजार सम्बन्धी वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फर्स्योट व्यवसाय, वेयर हाउस लगायतका सम्बन्धमा नीति नियम तथा निर्देशिका तर्जुमा गरिनेछ’ नीति तथा कार्यक्रममा भनिएको छ ।

    धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी महत्वपूर्ण मौजुदा तथ्यांक एवम् जानकारीको समुचित अभिलेख व्यवस्थापन तथा बोर्डमा प्रयोग भइरहेका र भविष्यमा प्रयोग हुने प्रणालीको व्यवस्थापन गर्न बोर्डको आफ्नै डाटा सेन्टर स्थापना गरिने उल्लेख छ ।

    पूर्णपाठ:

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/07/dhitopatra-niti.pdf

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images