images
images
  • एसियाली खेलकुद प्रतियोगिताका लागि क्रिकेट टोलीको घोषणा

    काठमाडौं- चीनको हाङ्झोउमा आयोजना १९औं एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एसियाली खेलकुदमा प्रतिनिधित्व गराउन १५ सदस्यीय टोलीको नाम राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पठाएको हो ।

    नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित राजवंशी, विवेककुमार यादव, प्रतिश जीसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी रहेका छन् ।

    तीनजना खेलाडीले लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । विनोद भण्डारी, अभिनाष बोहरा र विवेक यादवले लामो समयपछि टोलीमा स्थान पाएका हुन् । आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्कीलाई भने टोलीमा समावेश गरिएको छैन ।

    एसियाली खेलकुदमा टीट्वान्टी ढाँचाको क्रिकेट प्रतियोगिता समावेश गरिएको छ ।

    सियाली खेलकुदको १९औं संस्करण आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म चीनको हाङ्झोउमा आयोजना हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images