काठमाडौं- आर्थिक वर्ष २०८०÷०८१ को मौद्रिक नीति सार्वजनिक भएको छ । आइतबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैंठकपछि मौद्रिक नीति सार्वजनिक गरिएको हो ।
बैंकले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राख्दै नीतिगत दर घटाएको छ । आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार विन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
सञ्चालन लक्ष्यको रुपमा लिएको भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप संकलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप संकलन बोलकबोल खुला गरिने राष्ट्र बैंकले जनाएको छ ।
बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई यथावत राखेको राष्ट्र बैंकले जनाएको छ ।
पूर्णपाठ हर्नोस्ः
https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/07/Maudrik-niti.pdf


विश्व खबर 















