images
images
  • फोहोर लिन अबरोध गरेपछि सिसडोलमा प्रहरी र स्थानीयबिच झडप

    काठमाडौं- उपत्यकाको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा लैजाने क्रममा प्रहरी र स्थानीयबिच झडप भएको छ।

    शहरी विकास मन्त्रालय र काठमाडौं उपत्यकाका स्थानीय तहको अनुरोधमा प्रहरी स्कर्टिङमा फोहोर लैजाने क्रममा स्थानीयले अवरोध गरेपछि सिसडोल क्षेत्रमा झडप भएको हो।

    फोहोर मैला व्यवस्थापन संघकाका अनुसार काठमाडौंमा फोहोर लोड भएका गाडी लिएर नेपाल प्रहरीले स्कर्टिङमा लगेको थियो।

    तर सिसडोलमै स्थानीयले रोकेपछि प्रहरी र स्थानीयबिच झडप भएको हो। अहिले पनि स्थानीयको अवरोधले फोहोरको गाडी अगाडि बढ्न नसकेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images