images
images
  • एयरपोर्टमा बरामद ‘ब्रेक सु’ सहितको सुनको तौल राष्ट्र बैंकले जोख्दा १५५ केजी

    काठमाडौं- नेपाल राष्ट्र बैंकले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुनको तौल लिएको छ ।

    राष्ट्रबैंकले ती ब्रेक सु जोख्दा कुल तौल १५५ किलो आएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दियो ।

    ‘कुल एक सय ६० वटा ब्रेक सु फेला परेको थियो, तीमध्ये एउटाबाहेक सबैमा सुन रहेको पाइयो,’ स्रोतले जानकारी दियो ।

    अब ती ब्रेक सुबाट सुन निकालेर जोखिने उनले बताए । ‘ब्रेक शु भित्र सुनका साना साना टुक्रा छन्, त्यसैले सबै निकालेर जोख्न केही समय लाग्छ,’ उनले भने ।

    राजस्व अनुसन्धान विभागले मंगलवार काठमाडौंको सिनामंगलबाट भन्सार पास भइसकेको अवस्थामा ब्रेक सुमा लुकाएर राखेको सुन बरामद गरेको थियो । ती ब्रेक सुमा १०० किलोग्रामभन्दा बढी सुन भएको अनुमान विभागको छ ।

    राष्ट्रबैंकले सुनमात्रै जोखेपछि मात्रै यसको वास्तविक तौल थाहा हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images