images
images
  • एक क्विन्टल सुन तस्करी प्रकरण: छानविन समिती गठन, भन्सार जाँचपासमा संलग्न कर्मचारी निलम्बन गर्ने तयारी

    काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिदै गरेको ठुलो परिणामको सुन बरामद गरेपछि भन्सार विभागले छानबिन समिति बनाएको छ।

    विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए।

    उनका अनुसार उक्त समितिले छिटो भन्दा छिटो प्रतिवेदन तयार पार्नेछ। ब्रेक शुमा लुकाइछिपाई ल्याइएको सुन जाँचपास गर्नमा क-कसले सहयोग गरेका थिए र संलग्नहरुकोबारेमा समितिले विस्तृत छानबिन गर्नेछ।

    त्यस्तै विभागले भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारीसमेत गरेको छ। ’मोटरसाइकल र स्कुटर ब्रेक शुको जाँचपासमा संलग्नहरुको नाम विभागले मागेको छ’, सूचना अधिकारी खड्काले भने, ’निलम्बनको प्रक्रिया अलिक लामो हुन्छ। सबैको नामावली आएपछि अध्ययन गरेर ति कर्मचारीको संलग्ताको आधारमा छानबिन समितिलाई सघाउने गरी निलम्बनको प्रक्रिया अगाडी बढाइने छ।’

    बुधबार करिब एक क्वन्टिल सुन विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा विभागको टोलीले बरामद गरेको थियो। सो प्रकरणमा संलग्नताको आरोपमा ६ जनालाई पक्राउ गरिसकिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images