images
images
  • एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने, यस्तो छ तालिका

    काठमाडौं- एसिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ ।

    प्रतियोगिता आयोजक एसियन क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल र पाकिस्तानबीचको खेल अगस्ट ३० मा मुल्तानमा हुने छ ।

    पाकिस्तानमा प्रतियोगिताकै पहिलो खेल खेलेर नेपाल श्रीलंका जाने छ । केन्डीमा नेपालले सेप्टेम्बर ४ मा भारतसँग खेल्ने छ ।

    सपालिको एसिया कप क्रिकेट अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हाइब्रिड मोडलमा आयोजना हुनेछ ।प्रतियोगितामा एसियाका पाँच टेष्ट राष्ट्र र नेपाल गरी ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् र कूल १३ खेल हुनेछ । त्यसमध्ये पाकिस्तानमा ४ खेल हुनेछ भने बाँकी ९ खेल श्रीलंकामा खेलाइने एसीसीले जनाएको छ ।

    प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । भारत र पाकिस्तानसँगै नेपाल समूह ए मा छ । श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् । समूह विजेता र उपविजेता सुपर फोरमा पुग्ने छन् । र सुपर फोरका शीर्ष २ टिमबीच फाइनल हुने छ ।नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै नेपालले इतिहासमा पहिलो पटक एसिया कप खेल्ने अवसर पाएको हो ।

    asia cup table

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images