images
images
  • यूएईविरुद्ध नेपालको जित, भुर्तेल बने नायक

    काठमाडौं- कुशल भुर्तेललको अलराउन्ड प्रदर्शनमा एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेटमा यूएई ’ए’ लाई नेपालले ३ विकेटले पराजित गरेको छ ।

    बुधबार कोलम्बोस्थित पी सारा ओभलमा टस जितेर ब्याटिङ गरेको यूएईले नेपाललाई दिएको १५८ रनको लक्ष्य नेपालले २३औं ओभरमा भेट्टाएको हो ।

    नेपालका लागि कुशल भुर्तेलले ४३ बलमा सर्वाधिक ७१ रन बनाउँदै प्लेयर अफ द म्याच भए भने देव खनाल र सन्दीप जोराले २४÷२४ रन बनाए । यसैगरी नवौं ब्याटरको रुपमा आएका प्रतीश जीसीले अन्तिम बलमा चौका प्रहार गर्दै नेपाललाई जित दिलाए ।

    यूएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो । यूएईका लागि ओपनिङ ब्याटर लभप्रीत सिंहले सर्वाधिक ५२ रन बनाए । ८२ बल सामना गरेका उनले ६ चौका र १ छक्का प्रहार गरे । त्यस्तै इथान डिसुजाले १८ रन बनाए । आर्यांश शर्माले १४ रन, अश्वनाथ वल्थपाले १६ र जस जियानानीले १३ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

    यसअघि नै समूह चरणबाट बाहिरिइसकेको नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट बलिङ गरे । १० ओभर बलिङ गरेका भुर्तेलले ४० रन खर्चंदै ६ विकेट दिए । मौसम ढकालले २ विकेट लिँदा कुशल मल्ल र पवन सर्राफको नाममा १/१ विकेट रह्यो ।

    नेपाल लगातार दुई खेलमा पराजय भोग्दै समूह चरणबाटै बाहिरिएको हो । नेपाल पहिलो खेलमा पाकिस्तान ’ए’ सँग ४ विकेट र दोस्रो खेलमा भारत ’ए’ सँग ९ विकेटले हारेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images