images
images
  • के तपाई बाइक किन्दै हुनुहुन्छ ? यी हुन् नेपालमा पाइने कम मुल्यका फिचर लोडेड बाइक (मूल्यसहित)

    काठमाडौं– ग्राहकले आफ्ना चाहना र आवश्यकता अनुरुपका मोटरसाइकल खोज्नु स्वभाविक छ । आवश्कता अनुसार ग्राहकले इच्छाएको सवारी किन्छ पनि । प्रायः ग्राहकले किन्ने मोटरसाइकल कम मुल्यमा धेरैभन्दा धेरै फिचर भएका हुन् ।

    यसैलाई मध्य नजर गर्दै निर्माता कम्पनीले पनि नयाँ–नयाँ मोटरसाइकल निर्माण गर्ने गरेका छन् ।

    अहिले नेपाली बजारमा उपलब्ध कम मुल्यमा धेरैभन्दा धेरै फिचर भएका मोटरसाइकल यसप्रकार रहेका छन् ।

    टीभीएस २०० ४ भी

    टीभीएस अपाचे आरटीआर २०० ४ भी नेपाली बजारमा उपलब्ध रहेको मोटरसाइकलमा फिचर लोडेड मोटरसाइकल हो । यसको मूल्य नेपाली बजारमा ३ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । यसमा १९७.८ सीसी सिगंल सिलिन्डर, आयल कुल्ड ४ भल्भ इन्जिन रहेको छ । उक्त इन्जिनले २०.२ बीएच पावर तथा १८.१ एनएम टर्क जेनेरेट गर्छ ।

    1 tvs apache rtr 200 4v

    यो सेग्मेन्टकै सस्तो स्लिपर कल्च रहेको कम मूल्यको मोटरसाइकल हो । यसको इन्स्टुमेन्ट कन्सोलमा सेग्मेन्टकै सबैभन्दा धेरै फिचर रहेको मोटरसाइकल हो । यसको कन्सोलमा ट्रिप मिटर रेकर्डर, गियर इन्डिकेटर, डिजिटल टेकोमिटर, स्पिडोमिटर, फ्यूल वार्निग, क्लक जस्ता फिचर रहेको छ । निकट भबिष्यमा नै नेपाली बजारमा स्मार्ट कनेक्टेड आरटीआर २०० ४ भी सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको छ ।

    पल्सर एनएस २००

    बजाज पल्सर एनएस २०० अर्को कम मूल्यमा फिचर लोडेड मोटरसाइकल रहेको छ । हालैमात्र एबीएस तथा एफआइ भर्सनमा सार्वजनिक भएको यो मोटरसाइकल झनै धेरै फिचर भएको मोटरसाइकल भएको छ ।

    2 bajaj pulsar 200 ns

    नेपाली बजारमा ३ लाख ३४ हजार ९ सय रुपैयाँ पर्ने यो मोटरसाइकल बजाजको चर्चित मोटरसाइकल हो ।

    पल्सर एनएस २०० मा उपलब्ध फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिनले ९ हजार ७५० आरपीएममा २३.१७ बीएच पावरका साथै १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड गियरबक्स रहेको छ ।

    यसको फ्रन्टमा ३७ एमएमको टेलिस्कोपिक फर्क र रियरमा निट्रोक्स मनोशक याब्जर्वर लगाइएको छ । यसमा डिजिटल स्पिडोमिटर, एनालग टेकोमिटर, डिजिटल ट्रिपमिटर, ओडोमिटर, हेडलाइट, एलइडी टेललाइट, एक्जुलरी लाइट दिइएको छ ।

    यामाहा आर १५ भी ३

    यामाहा आर १५ भी ३ मूल्यका हिसाबले अत्यन्तै फिचर लोडेड मोटरसाइकल रहेको छ । यसमा उपलब्ध १५५ सीसी लिक्विड सिङ्गल सिलिन्डर इन्जिनले १०००० आरपीएममा १९.३ पीएस पावरकासाथै १४.७ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा सिक्स–स्पीड ट्रान्समिसन लगाइएको छ ।

    3 yamaha r15 v3

    मोटरसाइकलमा आकर्षक विशेषतास्वरुप भेरिएवल भल्भ एक्ट्यूएसन (भीभीए) प्रविधिको प्रयोग गरिएको छ । एबीएस सुबिधा थप गरेर कम्पनीले सार्वजनिक गरेको यो मोटरसाइकल सेग्मेन्टमा धेरै पावर भएको मोटरसाइकल रहेको छ ।

    स्लिपर कल्च, गियर इन्डिकेटर, ६ स्पीड गियरबक्स, ट्रिप मिटर, एलसीडी कन्सोल जस्ता फिचरले मोटरसाइकललाई उत्कृष्ट बनाएको छ ।

    बेनेली टीएनटी १५

    १५० सीसी सेग्मेन्टमा फिचर लोडेड बाइकको रुपमा इटालीयन मोटरसाइकल बेनेली टीएनटी १५० रहेको छ । यो मोटरसाइकलमा १४९ सीसी एयर कुल्ड सिगंल सिलिन्डर, २ भल्भ इन्जिन रहेको छ । यो इन्जिनले १२.६ बीएच पावर जेनेरेट गर्छ । यसको इन्जिनमा ५ स्पिडको गियरबक्स जडान गरिएको छ ।

    4 benelli tnt15

    गियर इन्डिकेटर, डबल डिस्क ब्रेक, डिजिटल कन्सोल, ट्रिप मिटर जस्ता फिचरले यो मोटरसाइकललाई उत्कृष्ट बनाएको छ । मूल्यको हिसावमा यो उत्कृष्ट मोटरसाइल रहेको छ । यसको मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images